स्थायी कमिटीको बैठकमा पुगेका नेता रावलले भने, बैठक रोक्नका लागि यहाँ आएका हौँ-Sutra News

स्थायी कमिटीको बैठकमा पुगेका नेता रावलले भने, बैठक रोक्नका लागि यहाँ आएका हौँ

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।



बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बसेको हो।

वार्ता टोली संयोजक एवंम् उपाध्यक्ष भीम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका छन्।

नेता भीम रावलले आफूहरु बैठक रोक्न दबाब दिनका लागि बैठक स्थलमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट