स्थायी कमिटीको बैठकमा माधव पक्षले राख्न खोजेका यी ६ माग, जुन ओलीले सुन्नै चाहेनन्-Sutra News

स्थायी कमिटीको बैठकमा माधव पक्षले राख्न खोजेका यी ६ माग, जुन ओलीले सुन्नै चाहेनन्

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् ।



स्थायी कमिटीको बैठक रोक्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरु बैठक स्थल नै पुगेका थिए ।

उनीहरु ६ वटा मागसहित स्थायी कमिटीको बैठकमा प्रवेश गर्न खोजेका थिए ।

यस्ता छन् उनीहरुको ५ बुँदे माग:

१) कार्यदलको सहमति अनुसार बैठक डाक्नु पर्छ।

२) ओली र नेपालबीच वार्ता हुनुपर्छ

 ३) एमालेलाई खण्डित हुने गतिविधि गर्न हुन्न।

 ४) राष्ट्रिय हितसँग एमाले एकता जोड्नुपर्छ ।

 ५) कारोना महामारीका बेला मुुलुकलाई थप संकटमा धेकल्न हुन्न ।

६) एकता भंग हुने अभिव्यक्ति दिन हुन्न।

बैठकमा पुगेका माधव पक्षका नेताहरुलाई ओलीले कुनै प्रतिक्रिया नदिई बैठक अगाडि बढाउनुहोस् भनेपछि कार्यदलका सदस्यहरु बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट