काठमाडौँ । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ।
शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
आजको बैठकले २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ ।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बसेको हो।
वार्ता टोली संयोजक एवंम् उपाध्यक्ष भीम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए ।
नेता भीम रावलले आफूहरु बैठक रोक्न दबाब दिनका लागि बैठक स्थलमा आएको बताएका थिए ।