आफूहरुले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेपछि माधव पक्षका नेताहरु छलफलमा जुट्दै-Sutra News

आफूहरुले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेपछि माधव पक्षका नेताहरु छलफलमा जुट्दै

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू छलफलमा जुटेका छन् ।



नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठकमा नै गएर बैठक रोक्नेलगायत अन्य ५ बुँदे माग राखेका थिए । तर ओलीले उनीहरुको कुरा नसुनिकन बैठक अगाडी बढाउन निर्देशन दिएका थिए ।

एमालेको ओली पक्षको स्थायी कमिटीको बैठकले कार्यदल भंग गरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई असहयोग गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट