अदालतले देउवालाई प्रधानमन्त्री बनाएपछि एमाले रुष्ट, संविधान संशोधन गरेको आरोप-Sutra News

अदालतले देउवालाई प्रधानमन्त्री बनाएपछि एमाले रुष्ट, संविधान संशोधन गरेको आरोप

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ ।  नेकपा एमालेको स्थायी कमिटी बैठकले अदालतले संविधान संशोधन गरेको आरोप लगाएको छ । 



शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

सर्वोच्च अदालतलेश परमादेश जारी गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएसँगै एमाले अदालतप्रति रुष्ट बन्दै आएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएकोसमेत बताएका थिए ।

त्यस्तै आजको एमालेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट