महान्यायाधिवक्ता खातीलाई शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार-Sutra News

महान्यायाधिवक्ता खातीलाई शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन राष्ट्रपति  विद्यादेवी भण्डारीले अस्वीकार गरेकी छन् ।



भण्डारीले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।

खाती हिजो बिहीबार महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रावधान रहेपनि राष्ट्रपतिले यसलाई अस्वीकार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट