नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण योभन्दा अगाडी २ पटकसम्म स्थगित भएको थियो ।
बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ।