राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै भयो महान्यायाधिवक्ता खातीको सपथ-Sutra News

राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै भयो महान्यायाधिवक्ता खातीको सपथ

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेपछि खातीले सर्वोच्च अदालतमा सपथ ग्रहण गरेका छन् ।



उनलाई प्रधानन्यायाधीशले सपथ खुवाएका हुन् ।

खाती हिजो बिहीबार महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रावधान रहेपनि राष्ट्रपतिले यसलाई अस्वीकार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट