चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने-Sutra News

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।



शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

212664612_242465584131210_5445568584416799953_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट