काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्नचिन्ह खडा गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमालेले सर्वोच्च अदालतद्वारा संविधानको अपव्याख्या भएको तथा अदालतले अप्रत्यक्ष रुपमा नै संविधान संशोधन गर्न खोजेको आरोप लगाएको छ ।
सर्वोच्च अदालतका निर्णयहरुले लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीन अंगहरुबीचको सन्तुलन नराम्रोसँग खलबलिएको एमालेको निश्कर्ष छ ।