अत्यधिक वर्षाको कारण आएको बाढीले कम्तीमा १०८ को मृत्यु-Sutra News

अत्यधिक वर्षाको कारण आएको बाढीले कम्तीमा १०८ को मृत्यु

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

अविरल वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको छ । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय  संचार माध्यमहरुले जनाएका छन् ।



 धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको छ । यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट