काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने बताएका छन् ।
शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो आशंका गरेका हुन् । उनले अदालतले किर्ते कागजलाई मान्यता दिएको पनि उल्लेख गरेका छन् । सर्वोच्च अदालतको फैसलामा आफ्नो सहमति नभएको तर आफूहरुले त्यसलाई स्वीकार गरेको उनले बताए ।
उनले सर्वोच्च अदालतले दलीय संरचना समाप्त गर्ने आधार तय गरेको बताए।
संसदीय दलको बैठकमा पनि माधव पक्षका नेताहरु भने उपस्थित भएका थिएनन् ।