देउवा र प्रचण्डसँग पालैपालो भेटवार्ता गरेकी राजदूत यान्छीले माधवसँग पनि आज भेट्दै-Sutra News

देउवा र प्रचण्डसँग पालैपालो भेटवार्ता गरेकी राजदूत यान्छीले माधवसँग पनि आज भेट्दै

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएकाे छ। 



राजदूत यान्छी र प्रचण्डबीच शुक्रबार बिहान साढे १० बजे प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगतै उनले प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्। 

प्रचण्ड र राजदूत यान्छीबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । 

उनले आजै माधव कुमार नेपालसँग पनि भेट्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट