पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार बानेश्वरस्थित संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् ।
उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर अनेक आश्वासन दिइरहेको समेत बताए ।
उनले माओवादी र काँग्रेसले जस्तो झुटो नबोलिकन सक्रीय प्रतिपक्षको भूमिका निभाउने उल्लेख गरे ।