काठमाडौं- आइतबार (साउन ३) देखि संघीय संसद बैठक आह्वान गरिएकाले सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।
स्वास्थ्यकर्मीले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटोसहित सांसदहरूको एन्टिजेन परीक्षण गरेका हुन् ।
दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै आइतबार बैठक बस्न लागेको हो ।
परीक्षणपछि सभामुख सापकोटाले संसद् बैठकस्थल निरीक्षण पनि गरेका छन् ।