काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेलाई आफ्नै पार्टीका कार्यकर्ताले कुटपिट गरेका छन् ।
सिन्धुपाल्चोकको क्रियाशील सदस्यताको विषयलाई लिएर घिमिरेमाथि कुटपिट भएको जनाइएको छ ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको घिमिरेले बताए ।
दिउँसो क्रियाशील सदस्यताबारे छलफल गर्नुछ भन्ने केही मानिसहरु आएको र त्यही क्रममा कुटपिट गरेको घिमिरेले भनाइ छ । उनकाअनुसार एक्सेर गर्दा चोट नदेखिए पनि मेरुदण्डकाे केही भाग दुखेको छ ।