बीपी प्रतिष्ठानको आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता, माग सम्बोधन गर्न आग्रह-Sutra News

बीपी प्रतिष्ठानको आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता, माग सम्बोधन गर्न आग्रह

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई आह्वान गरेका छन् ।



कुलपति लगायत पदाधिकारीलाई हटाउन माग गर्दै बीपी प्रतिष्ठानका विद्यार्थी, प्राध्यापक र कर्मचारी आन्दोलनमा छन् । उनीहरूले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ सञ्चालन गरिरहेका छन् ।

बीपी प्रतिष्ठानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पूर्वप्रधानमन्त्री डा.भट्टराईले माग पूरा गर्न आह्वान गरेका हुन् । बिहीबार सार्वजनिक अपील जारी गर्दै डा.भट्टराईले भनेका छन्, ‘अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेषगरी प्रधानमन्त्री समक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गर्दछु ।’

प्रतिष्ठित स्वास्थ्य संस्था अधोगतितिर जानु दुःखद् भएको जनाएका छन् । ‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारूढ पार्टीको अनावश्यक हस्तक्षेप र अक्षम पदाधिकारीहरूको नियुक्तिका कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद् छ,’ डा.भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट