सबैको अपनत्व हुने गरी समावेशी साझा एनआरएन स्पेन बनाइने छ : गजुरेल-Sutra News

सबैको अपनत्व हुने गरी समावेशी साझा एनआरएन स्पेन बनाइने छ : गजुरेल

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

स्पेन । गैरआवासीय नेपाली संघ, स्पेनको यही जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् ।



उनी हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष समेत रहेका छन् । समाजलाई गोलबद्ध गराउँदै खबरदारीसहित परिवर्तनको आशा बोकेका गजुरेलको पुर्खौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारका स्थायीबासी हुन् । विगत ६वर्ष देखि स्पेनमा बसोबास गर्दै आइरहेका गजुरेलले नेपालमा हुँदा एभिन्युज टिभी, हिमालय टिभी, न्युज२४ टिभी, माउण्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र दैनिकलगायत विभिन्न एफएम रेडियो तथा स्थानीय पत्रिकाहरुमा पत्रकारिता गर्दथे ।

६ वर्षे अवधिमा पनि उनले स्पेनमा रहेका नेपालीहरुको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर कलम चलाइरहेका छन् । विदेशी भूमिमा पनि उनले नेपाली बीचको एकता र अधिकारका लागि सक्रिय रुपमा काम गरिरहेका छन् ।

यसपटक भने सामाजिक संस्थामा भएको चरम राजनीति, दलगत स्वार्थपूर्तिका कामहरुविरुद्ध एनआरएनए स्पेनलाई गोलबद्ध गरी समाजलाई एकताको सन्देश दिनका लागि नै आफूले उम्मेदवारी दिएक गजुरेलले बताएका छन् ।

उनले नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रही निस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व बहन गरेका थिए ।

समाजलाई खबरदारी गर्न लामो समय पत्रकारिता पेशामा कलम चलाउँदै आएका उनले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि सामाजिक काममा अग्रणी भुमिका निर्वाह गर्दै आएका छन् ।

उनले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

एनआरएन समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफूले सिङ्गो टिमसँग मिलेर स्पेनमा बसोबास गर्दै आइरहेका नयाँ नेपाली पुस्ताका लागि काम गर्ने जनाएका छन् ।

गजुरेलले आगामी जुलाई २६ तारिकमा अनलाइन माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक खुल्ला पदमा आफूलाई मतदान गरी आफूले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट