माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप-Sutra News

माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

माल्दिभ्स- माल्दिभ्सका कोरोना भाइरसविरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् । सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा.फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिए ।



माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरुले बताएका छन् । माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, माल्दिभ्सका बासिन्दा, कागजपत्र नभएका कामदार लगायतलाई खोप लगाउने गरिएको छ ।

माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ । स्वास्थ्य प्रवद्र्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाइएको हो ।

त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट