काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहँदा गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
कास्की र स्याङ्जा जिल्लामा धेरै भारी वर्षा भई अहिले केहि कमजोर हुँदै गएको छ भने प्रदेश न १ र प्रदेश न ५ मा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको गतिविधि बढ्दै जाने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । थप जानकारीको लागि :https://t.co/c3kD3I2jjF @NDRRMA_Nepal pic.twitter.com/VCDy2YrOXk
— Nepal Weather Forecast (@DHM_Weather) July 17, 2021
शनिबार राति धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।