गोकुल बास्कोटाले माधव नेपाल समूहलाई ‘प्रमुख भाइ कांग्रेस’ भनेपछि…-Sutra News

गोकुल बास्कोटाले माधव नेपाल समूहलाई ‘प्रमुख भाइ कांग्रेस’ भनेपछि…

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेको नेता माधव नेपाल समूहलाई ‘प्रमुख भाइ कांग्रेस’ भनेका छन् । उनले ट्वीट गरेर नेपाल समूहबाट ६ जना मन्त्री बन्ने तयारीमा रहेको दाबी गरेका हुन् ।



उनको दाबी अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा एमाले (नेपाल समूह) का ६ जना मन्त्री बन्ने छन् ।

उनले माओवादी केन्द्रलाई ‘कम्फरटेवल कम्युनिष्ट’ को संज्ञा दिएका छन् । माओवादीका ५ तथा जसपाका ५ जना र गठबन्धनको प्रमुख कांग्रेसका ९ मन्त्री बन्ने कुरा आएको उनले उल्लेख गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘ट्वीटर ह्याण्डीलको नौटंकीपूर्ण हल्ला सकियो होला कि नाइँ ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९ प्रमुख भाइ कांग्रेस ६ं कम्फरटेवल कम्युनिस्ट ५ जसपा बाह्र भाइ ५ हुने सम्झौता भयो भन्ने छ । परमादेश सरकारको पूर्णता नभै एमाले विवादको अन्तिम पटाक्षेप नहुने । बल देऊ भिमसेन-एकता !!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट