काठमाडौं- नेकपा एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र केही नेताहरु पार्टी एकताका लागि पुनः सक्रिय भएका छन् ।
शीर्ष नेताबीचकाे तिक्तताले पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु पुनः एकता प्रयासमा जुटेका हुन् ।
स्रोतले जनाएअनुसार यतिखेर सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी ओलीकातर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधव नेपालकातर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा छन् ।
संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओली पक्षका नेताहरुसँग संवाद अघि बढाएका हुन् ।
शुक्रबार ओलीले स्थायी कमिटी बैठकमा एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग गरेका थिए ।