‘लन्च मिटिङ’ बाट पार्टी नेतृत्वका लागि साझा उम्‍मेद्‍वार तय गर्दै कोइराला परिवार-Sutra News

‘लन्च मिटिङ’ बाट पार्टी नेतृत्वका लागि साझा उम्‍मेद्‍वार तय गर्दै कोइराला परिवार

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै छ ।



महाधिवेशन नजिकिँदै गर्दा शीर्षस्त नेताहरूले एकअर्कासँग भेटघाट तीव्र बनाएका छन् । प्रकाशमान सिंह, कृष्ण सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि लगायतले पार्टी नेतृत्वका लागि एकअर्कासँग सहयोग मागिरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन: आफ्नो पक्षमा माहोल बनाउन दौडधूप तीव्र कांग्रेसको १४ औं महाधिवेशन: आफ्नो पक्षमा माहोल बनाउन दौडधूप तीव्र

कांग्रेस पार्टीमा मात्रै नभइ मुलुकको राजनीतिमा समेत एकछत्र राज गरेको कोइराला परिवारका तीन ‘हस्ती’ यतिखेर साझा उम्मेद्‍वार बनाउन सक्रिय छ । त्यसैका लागि छलफल गर्न शनिबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजता कोइरालाबीच शंशाक निवासमा ‘लन्च मिटिङ’ गरेका छन् ।

कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी : को हुन् संस्थापन र इतर पक्षका सभापति उम्मेदवार ? कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी : को हुन् संस्थापन र इतर पक्षका सभापति उम्मेदवार ?

शशांक, शेखर र सुजता आफू सभापतिको उम्मेद्‍वार बन्‍न लविङ गरिरहेको अवस्थामा उनीहरूबीच छलफल भएको हो । ‘अहिले तीनमध्य एक जना मात्रै सभापतिको उम्‍मेद्‍वार हुन छलफल भयो’ उनीहरूनिकट एक नेताले भने, ‘करिबकरिब सहमति नजिक छौँ ।’ 

केही हप्ता अगाडि प्रकाशमान, निधि, शशांक कोइराला र शेखर कोइरालाबीच छलफल भएको थियो भने सुजाता निवास मण्डिखाटारमा रामचन्द्र पौडेल सहितका नेताहरूले पनि लन्च मिटिङ गरेका थिए ।

देउवालाई असक्षम सावित गरेर आफ्नो दूनो सोझ्याउने होडबाजीमा दोस्रो पुस्ताका कांग्रेस नेताहरू देउवालाई असक्षम सावित गरेर आफ्नो दूनो सोझ्याउने होडबाजीमा दोस्रो पुस्ताका कांग्रेस नेताहरू

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट