काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्षले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । ठाकुरसहित नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।
जसपा नेता शरतसिंह भण्डारीकाअनुसार ओलीसँग सामान्य राजनीतिक भेटघाट भएको हो । ओलीसँग भेटवार्ता भएको केहीबेरपछि जसपा महन्थ पक्षको कार्यकारिणी समितिकाे बैठक बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
निर्वाचन आयोगमा पार्टी आधिकारिकताबारे सुनुवाइ हुने अघिल्लो दिन महन्थ पक्षले कार्यकारिणी समिति बैठक बसिरहेको हो । निर्वाचन आयोगमा प्रस्तुत हुने रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाइएको बताइएकाे छ ।