माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक-Sutra News

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।



आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएकाे छ ।

आइतबार नै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट