प्रदेश नं २ का दुई मन्त्रीले किन दिए राजीनामा ? कारण यस्तो छ-Sutra News

प्रदेश नं २ का दुई मन्त्रीले किन दिए राजीनामा ? कारण यस्तो छ

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

जनकपुरधाम- प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन् ।



मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गरेकाे मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट