महान्यायाधिवक्ता खातीले किन छाडे कांग्रेस ?-Sutra News

महान्यायाधिवक्ता खातीले किन छाडे कांग्रेस ?

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

महान्यायाधिवक्ता खम्मरबहादुर खातीले नेपाली कांग्रेसको सदस्यताबाट राजीनामा दिएका छन् ।



कांग्रेसका केन्द्रीय निर्वाचन समितिका सदस्यसमेत रहेका खातीले आज दिएको राजीनामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले खातीले राजीनामा दिएको बताएका छन् ।

पौडेलद्वारा जारी सूचनामा भनिएको छ – ‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य श्री खम्मबहादुर खातीले दिनु भएको राजीनामा सभापति श्री शेरबहादुर देउवाले आज स्वीकृत गर्नु भएको छ । श्री खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पु¥याउनु भएको सक्रिय योगदानको सह्राना गर्दै सभापतिले उहाँलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।’

खातीले केही दिनअघि मात्र महान्यायाधिवक्ताको सपथ लिएका थिए । राष्ट्रपति कार्यालयमा सपथ लिने प्रचलन भएता पनि उनले सर्वोच्च अदालतमा प्रधानान्याधीशबाट सपथ लिएका थिए । यसरी उनको सपथ विवादित भएको थियो ।

महान्यायाधिवक्ता भएपछि पार्टीको सदस्यता परित्याग गर्नुपर्ने कानूनी व्यवस्था भएका कारण खातीले कांग्रेस छोडेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट