गिरिजापुत्री सुजाताले खोजिन् उपप्रधानमन्त्रीसहित परराष्ट्र, तनावमा देउवा-Sutra News

गिरिजापुत्री सुजाताले खोजिन् उपप्रधानमन्त्रीसहित परराष्ट्र, तनावमा देउवा

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर आफूलाई उपप्रधानमन्त्री दिन आग्रह गरेकी छिन् ।



सभापति देउवाले बिहीवार आफूनिकट नेताहरूलाई सुजातालाई उपप्रधानमन्त्री चाहिएको चर्चा गरेका थिए ।

‘हाम्रा सबै नेतालाई मन्त्री चाहिएको छ, गठबन्धनको भागबण्डा छँदैछ । सुजातालाई पनि उपप्रधानमन्त्री चाहियो रे,’ देउवाको भनाइ उदृत गर्दै उनीनिकट एक नेताले सूत्रन्यूजसँग भने ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट सभापति हुने आकांक्षा पालेर बसेका देउवालाई आफ्नै पार्टीभित्रका नेताहरू मिलाउन सकस छ ।

उनले आफूलाई सहयोग गर्नेलाई मन्त्री बनाउने तयारी गरेका छन् । यता महाधिवेशनमा कोइराला परिवारको छुट्टै प्यानल बन्ने सम्भावना देखेका देउवाले सुजातालाई उपप्रधानमन्त्री बनाउन अनिच्छा प्रकट गरेका छन् ।

आजै महामन्त्री शशांक कोइरालानिवास महाराजगंजमा शशांकसहित शेखर कोइराला र सुजाता कोइरालाको लन्च मिटिङ भएको थियो ।

कांग्रेसको नेतृत्व कोइराला परिवारमै फर्काउने उनीहरूको तयारी देखिन्छ । देउवा भने आफूविरुद्ध बनेका गठबन्धनहरूप्रति ‘फायर’ छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट