पेटको बोसो हटाउने हो ? सौंफ भिजाएर पानी पिउनुस्-Sutra News

पेटको बोसो हटाउने हो ? सौंफ भिजाएर पानी पिउनुस्

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

हामीले अक्सर रेस्टुरेन्ट या होटेलमा खाना/खाजा खाएपछि एक चिम्टी सौफ खाने गर्छौं । मिश्री र सौफ सँगै राखिएको हुन्छ । अझ भुटेको सौफ हो प्रायः त्यहाँ राखिने ।



तर तपाईंलाई थाहा नहोला, त्यही सौफ भिजाएको पानी पिउनाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ । विज्ञहरूको दाबीअनुसार मोटोपन र पेटसँग सम्बन्धित धेरै समस्याहरू सौफ भिजाएको पानी पिउनाले खतम हुन्छ ।

सौफले अब मुखको गन्ध हटाउने मात्र होइन, पेटमा लागेको बोसोसमेत हटाउन मदत गर्छ ।

सौफको पानी प्रत्येक दिन पिउनाले शरीर ठण्डा रहिरहन्छ । पेटसँग जोडिएका धेरै समस्याहरू पनि सौफले समाधान गर्छ । सौफ एक आर्युर्वेदिक औषधि हो, जसमा क्याल्सियम, सोडियम, आइरन र पोटासियम जस्ता खास तत्वहरू पाइन्छन् ।

सौफमा फाइबरको मात्र पनि हुन्छ । सौफमा क्यालोरी हुँदैन, त्यसैले वजन घटाउन पनि मदत गर्छ । यसले शरीरमा बोसो जम्न दिंदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट