मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च-Sutra News

मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

क्वालालमपुर- मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।



सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए ।

मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए ।

उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।
  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट