काठमाडौं- असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै छन् ।
सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।
यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।