पुनर्स्थापित प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची-Sutra News

पुनर्स्थापित प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।



बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

pratinidhisabha..JPG

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट