नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलका लागि उनीनिकट नेताहरु उनको निवास कोटेश्वर पुगेका छन् ।
१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेको बताइएको छ । त्यस्तै उनीहरुले आज देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा पनि छलफल गर्ने भएका छन् ।
हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी छ ।