काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।
उनले मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
यस्तो छ अंकगणित
प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ मतको आवश्यकता पर्छ ।
अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट १ सय २८ सांसद छन् ।
नेकपा एमालेका ८ सांसदले विश्वासको मत दिए भने उनले विश्वासको मत पाउनेछन् अन्यथा ६ महिनाभित्रमा निर्वाचन हुनेछ ।
देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा अहिले कोटेश्वरमा एमाले नेताहरुबीच छलफल भइरहेको छ ।