नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरुलाई एमालेमा स्थान दिन नसकिने बताएका छन् । उनले पार्टीको विधान अनुसार नचल्ने नेताहरुलाई पार्टीमा भएको जिम्मेवारी दिन नसकिने उल्लेख गरे ।
उनले पार्टीको निर्णयको पालना गर्नु सबैको कर्तव्य भएकोसमेत बताएका छन् ।
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ ।