एमाले स्थायी कमिटी बैठक- देउवालाई आरोप, माधवलाई चेतावनी-Sutra News

एमाले स्थायी कमिटी बैठक- देउवालाई आरोप, माधवलाई चेतावनी

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

 काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिएर एमालेलाई फुटाउन लागेको निश्कर्ष निकालेको छ । 



आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । 

‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

त्यस्तै उनले माधव नेपालले अरु कसैले विश्वासको मत नदिए पनि आफूले मात्र भए पनि दिने तरिकाले अगाडी बढेको आरोप लगाए ।

ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरुलाई एमालेमा स्थान दिन नसकिने बताएका छन् । उनले पार्टीको विधान अनुसार नचल्ने नेताहरुलाई पार्टीमा भएको जिम्मेवारी दिन नसकिने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट