नेकपा एमालेका नेता भीम आचार्यले एमाले फुटाउने उद्देश्य राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको आरोप लगाएका छन् ।
कोटेश्वरमा माधव नेपाल निवासमा आन्तरिक छलफल सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले यस्तो बताएका हुन् ।
‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने ।
यता एमाले स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा नरहने स्पष्ट पारिसकेको छ तर एमालेका माधव पक्षका नेताहरु भने देउवालाई विश्वासको मत दिने पक्षमा रहेका छन् ।