जसपामा उपेन्द्र यादव पक्षका सांसदको संख्या १८ पुग्यो, देउवालाई विश्वासको मत पाउन झन् सहज हुँदै-Sutra News

जसपामा उपेन्द्र यादव पक्षका सांसदको संख्या १८ पुग्यो, देउवालाई विश्वासको मत पाउन झन् सहज हुँदै

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । बालकुमारीस्थित पार्टी कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक जारी छ ।



आजको संसदीय दलको बैठकमा एक सांसद रेणुका गुरुङ थपिएकी छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई हस्ताक्षर गर्दा यादव पक्षका १२ सांसद थिए ।गुरुङ पनि फर्किएसँगै उपेन्द्र पक्षमा प्रतिनिधिसभा सांसदको संख्या १८ पुगेकाे छ।

यादव पक्षमा सांसद बढ्दै गएको हुनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत पाउन सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट