जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको वैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आजको जसपा संसदीय दलको बैठकमा १९ जना सांसदको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने निर्णय गरेका छन् ।