दोस्रो पटक पुनःजीवित भएको प्रतिनिधि सभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आज बसेको बैठकमा शुरूमा राष्ट्रपति कार्यालयद्वारा जारी अध्यादेश प्रस्तुत र शोक प्रस्ताव पारित भएको थियो ।
आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।