काठमाडौं- प्रतिनिधिसभाको पहिलो बैठक सकिएपछि दोस्रो बैठकमा सहभागी हुन केपी ओली पनि संसद भवन प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरपछि विश्वासको मत लिदैछन् । ओली नेतृत्वको नेकपा एमालले विश्वासको मन दिने छैन । तर एमालेकै माधव नेपाल पक्षले भने विश्वासको मत दिनेछ । आन्तरिक किचलोमा फसेको एमाले विभाजनको संघारमा पुगेका बेला सांसद् भीम रावलले पदबाट राजीनामा दिएका छन् ।