प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित-Sutra News

प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडेल, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।



पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्दै मौन धारणसहित श्रद्धाञ्जलि प्रकट गरिएको छ । सभाले शोक सन्तप्त परिवारजनप्रति अलग(अलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट