एमाले सांसद् प्रदीप ज्ञवालीले भने- हामी फेरि कमब्याक गर्छौँ-Sutra News

एमाले सांसद् प्रदीप ज्ञवालीले भने- हामी फेरि कमब्याक गर्छौँ

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले २०५९ साललाई सम्झिएका छन् । उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारम्बार संसदमा विश्वासको मत मागेको प्रसंग उप्काएका छन् ।



‘संसदमा दलीय विभाजनले गर्दा जुन समस्या हिजो भोगिएको थियो, त्यो अहिले पनि कायम छ,’ ज्ञवालीले भने, ‘आज एमाले प्रतिपक्षमा बस्न परेको भएर मैले यो भनेको होइन । हामी ३६ वर्ष प्रतिबन्धित थियौँ, भूमिगत थियौँ । २००६ सालमा जन्मिएको पार्टीलाई नेपाली कांग्रेसको सरकारले समेत प्रतिबन्ध लगाएको थियो । विपक्षमा रहनु हाम्रा लागि सामान्य विषय हो ।’

उनले आफ्नो पार्टी लामो समय प्रतिपक्षमा रहेको पनि स्मरण गरेका छन् । उनले भने, ‘को सत्तामा गयो कि गएन भन्ने होइन, खेल फेयर भयो कि भएन भन्ने हो ।’

उनले मनमोहन अधिकारीले ९ महिनामात्र प्रधानमन्त्री भए पनि अहिले पनि मनमनमा रहेको स्मरण गरेका छन् । उनले नेकपा एमाले फेरि कमब्याक गर्ने पनि संसदमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट