कांग्रेस बिपीको पार्टी हो भन्दै मिनेन्द्र रिजालले भने– हारलाई पनि शान साथ स्वीकार्छ-Sutra News

कांग्रेस बिपीको पार्टी हो भन्दै मिनेन्द्र रिजालले भने– हारलाई पनि शान साथ स्वीकार्छ

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जीतमा पनि शालिनता देखाउने र हारलाई पनि शानका साथ स्वीकार गर्ने नेपाली कांग्रेसको चरित्र भएको बताएका छन् । पुनःस्थापित प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउने काम नगर्ने बताए ।



उनले भने, ‘नेपाली कांग्रेस बिपीको पार्टी हो । कांग्रेसले जीतमा शालिनता देखाउँछ, हारलाई पनि शान साथ स्वीकार्छ, यो चरित्र हो कांग्रेसको । कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउँदैन ।’

केपी ओली नेतृत्वको सरकारले आफूसँग दुई तिहाई छ, जे गरेपछि हुन्छ भन्ने सोच‍ेको उनले बताए । उनले भने, ‘हामीसँग दुई तिहाई छ जे गरे पनि हुन्छ भन्ने सोचियो । अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा पदीय मर्यादा बिर्सेर काम गर्नेलाई नेपालमा संविधान छ भनेर सिकाएको हो ।’

अदालतको फैसलाबाट संविधानवाद विजयी भएको उनले बताए । हिजो प्रचण्ड र माधव नेपालको अनुहार देखाएर दुई तिहाईं ल्याएको तर अहिले उनीहरुलाई अपमानित गरिएको उनको भनाइ छ । तर कांग्रेसले सबैलाई साथ लिएर अघि बढ्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट