संसदमा प्रचण्डले किन खोजे ओली ?-Sutra News

संसदमा प्रचण्डले किन खोजे ओली ?

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोजेका छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले रोष्टममा गएर बोलेका थिएनन् । ओली प्रतिनिधिसभा बैठकमा अनुपस्थित छन् । ओली आएर फर्किए । एमालेबाट रोष्टममा सांसद प्रदीप ज्ञवाली बोलेका थिए ।

‘मैले यहाँ आएपछि हाम्रो प्रमुख सचेतकलाई तीनपटक सोधेँ- निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ ? बोल्नुहुन्छ ? उहाँले आउनुहुन्छ भन्नुभयो,’ प्रचण्डले भने, ‘तर बिरामी भएर हो कि के हो मलाई थाहा छैन उहाँ (केपी ओली) बोल्नुभएन । पुनर्स्थापित पहिलो बैठकमा यो सदन र देशले केपीजीकै मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो । निवर्तमान प्रधानमन्त्री ओलीजीले के भन्नुहोला भन्ने देशले सुन्न चाहेको थियो ।’

निवर्तमान प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि प्रचण्डले यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक भनेर प्रश्न गरेका थिए । निवर्तमान प्रधानमन्त्री ओली संसद भवनभित्रै रहे पनि बैठकमा भने अनुपस्थित छन् ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट