काठमाडाैं । जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
आइतबार संसदमा बोल्दै ठाकुरले आफूहरुले देउवालाई मत दिने बताएका हुन् ।
‘तर, हामीले जसजसलाई मत दिएका छौँ, उनीहरुले हाम्रो आन्दोलन कमजोर बनाएका छन्,’ उनले भने, ‘अहिले देउवा जनताको आदेशले होइन, परमादेशले हो ।’