भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु-Sutra News

भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

भारत-  लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा २० जनाको मृत्यु भएको छ ।



लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घना बस्ती रहेको मुम्बई र आसपासका शहरमा लगातारको वर्षाका कारण कम्तिमा ११ वटा घर र पर्खालहरु क्षतिग्रस्त हुँदा कयौं घाइते भएका छन् ।

करिब २० करोड जनसंख्या रहेको सो क्षेत्रमा बाढीका कारण कयौं प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट