काठमाडौं- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् ।
संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् । उनले लेखेका छन्,‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ । हामी उठ्छौं, धुलो टकटक्याउछौं र अगाडि बढ्छौं ।’
नेता भुसालसहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १० जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बैठक छाडेर बाहिरिएका थिए ।