देउवाले खाइदिए प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको जागिर-Sutra News

देउवाले खाइदिए प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको जागिर

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ  । सरकारले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि केपी ओली नेतृत्वको गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । 



गत् शनिबार बसेको मन्त्रिपरिषद्को निर्णयले ओली सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।

सरकारले भूमिसम्बन्धी आयोग र ११ देशका राजदूतका लागि भएको सिफारिस पनि खारेज गर्ने निर्णय गरेको छ ।  

त्यस्तै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको  नियुक्ति पनि खारेज भएको छ ।

उनी गत जेठ २० गते प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट