सुजिता मृत्यु प्रकरण- परिवारले बुझे शव, भिसेराको रिपोर्ट आउँदै-Sutra News

सुजिता मृत्यु प्रकरण- परिवारले बुझे शव, भिसेराको रिपोर्ट आउँदै

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । गत असार २० गते जंगलमा मृत अवस्थामा भेटिएकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन्।



उनका परिवारले सुजिताको हत्या भएको भन्दै त्यसको छानबीन गरेर हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै अडान कायम राखेका थिए ।

पोस्टमार्टमका लागि काठमाढडौंस्थित शिक्षण अस्पतालमा लगिएको सुजिताको शव सोमबार उनका बुवाले सोमबार बुझेको चितवन प्रहरीले जनाएको छ ।

शरीरमा चोटपटक पनि नदेखिएको तथा हाइमेन नच्यातिएको हुनाले प्रहरीले बलात्कार नभएको दाबी गरेको थियो ।

शवको भिसेरा रिपोर्ट भने अझै आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट